राणाद्वारा एक घण्टामा ५ आदेश

राणाद्वारा एक घण्टामा ५ आदेश

न्यायाधीश र अधिवक्ताहरुको इजलाश बंकका बीच प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज ५ वटा मुध्दाको सुनुवाई गर्नुभएको छ । राणाले आजका लागि दुइटा एकल,८ वटा संयुक्त र एउटा संवैधानिक इजलास तोक्नुभएको थियो ।

एकल इजलासमा राणाको ५ वटा मुध्दाको पेशी थियो । यस्तै टंक मोक्तानको पनि एकल इजलाश थियो । राणाले आज ११ वटा इजलाश तोक्नुभएकोमा उहाँको एकल इजलासमा मात्र मुध्दाको सुनुवाई भएको हो । उहाँको इजलाशमा ५ मुद्दाको सुनुवाइ भएको छ ।

उक्त इजलाशमा अदालतको अवहेलना,सम्पत्ति शुध्दिकरण, बन्दीप्रत्यक्षीकरण,कालोबजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरका पेशी तोकिएकोमा दुई वटा मुद्दामा कारण देखाऊ आदेश जारी, एउटालाई तामेलीमा पठाउने र एउटाको निवेदन फिर्ता हुने आदेश भएको सर्वाेच्च प्रशासनले जनाएको छ ।

अर्को कालोबजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ । राणाको एकल इजलाशले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभाका निवर्तमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखेको छ।

यस्तै भुवनकुमार दाहालले मधुकुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुध्दिकरण निवेदन फिर्ता हुने आदेश भएको छ।

टिप्पणीहरू