सशस्त्र प्रहरीको प्रवक्तामा मन्दिप श्रेष्ठ

सशस्त्र प्रहरीको प्रवक्तामा मन्दिप श्रेष्ठ

सशस्त्र प्रहरी बल नेपालले प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठलाई तोकेको छ ।

सशस्त्रले संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायतका विभिन्न सूचना प्रवाह गर्ने जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको छ ।

यसअघि प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई उक्त जिम्मेवारी दिइएको थियो ।

टिप्पणीहरू