सवारी लाइसेन्स : नाम स्मार्ट, काम भद्रगोल
सरकारले २०७२ सालदेखि वितरण थालेको स्मार्ट लाईसेन्सको आवेदन बीचमा झुलुक्क खुले पनि अहिले बन्द छ । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र वितरणमा समेत ढिलासुस्ती गरिरहेको छ । सात लाख जना आवेदकले झण्डै डेढ वर्षदेखि लाइसेन्स कुरेर बसेका छन् ।
यता, विभाग भने छपाई कार्ड सकिएको भन्दै अहिले छपाई कार्यलाई पूर्णरुपमा बन्द गरेर बसेको छ । सवारी चालक अनुमतिको परीक्षा पास गरेको वर्ष दिनसम्म पनि सेवाग्राही चिटको आधारमा सवारी चलाउन बाध्य छन् ।
हाल विभागले अत्यावश्यकबाहेक अन्य लाइसेन्सको छपाई कार्य बन्द गरेको छ । ‘यो महिनाभित्रै कार्ड आइपुग्छ । कार्ड आएपछि बाँकी छपाईको काम शुरु हुन्छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभयो । फ्रान्सबाट ल्याइने १४ लाख कार्डमध्ये बाँकी सात लाख लाइसेन्सको छपाईलाई प्राथमिकता दिइने छ ।
कात्तिकको दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला भएको छ । कोरोना महामारीलाई देखाउँदै गत वैशाख १६ गतेदेखि बन्द भएको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो । तर, खुलेको केही दिनमा नै प्रविधिमा समस्या देखाउँदै बन्द गरिएको थियो ।
टिप्पणीहरू