महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउने जेल चलान

महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउने जेल चलान

एक महिलालाई बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने चार जना अभियुक्तलाई पुर्पक्षकाे लागि थुनामा राख्ने आदेश महाेत्तरी जिल्ला अदालतले दिएको छ । अदालतकाे आदेशपछि प्रहरीले जलेश्वर नगरपालिका–४ सुगा गाउँका सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, महतोकै जेठो छोरा सिकन्दर र कान्छो छोरा अनिललाई जलेश्वर कारागारमा पठाएको छ ।

तिनले सप्तमीका दिन बिहान ३ बजे सोही ठाउँका शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा समातेर मलमुत्र ख्वाएका थिए । पीडित महिला सिकन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल रोइकराइ गरेकी थिइन् । छोरी रोएको देखेपछि सिकिन्दरकाे परिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको आराेप लगाउँदै समातेर मलमूत्र खुवाएका थिए । आरोपितहरूले सुकमरियालाई घर अगाडि बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको,शरीरको कपडा फुकालेर नाङ्गो बनाएको,टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए । सो घटना सार्वजनिक भएपछि प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाई अदालतमा बुझाइएको थियो ।

टिप्पणीहरू