उदयपुर बार आन्दोलित, त्यहाँ पनि राणाको पक्षमा वकिल

उदयपुर बार आन्दोलित, त्यहाँ पनि राणाको पक्षमा वकिल

प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको विपक्षमा उदयपुर बार एसोसिएसन पनि आन्दोलित भएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म उदयपुरका वकिलहरुले हातमा कालोपट्टी बाँधेर दुई बजेसम्म अदालतको कामकारबाही ठप्प पारेका छन् ।

आन्दोलित वकिलहरुले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टचारविरुद्ध नेपाल बार एसोसिएसनको अभियान भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेका छन् । उदयपुर बारमा रहेका वरिष्ठ अधिवक्ता मोहन कार्की र सुकुराम श्रेष्ठसहित ६२ जना वकिलहरु प्रधानन्यायधीश राणाको विरुद्धमा देखिएका छन् ।

उनीहरुले कात्तिक २८ गतेदेखि ३० गतेसम्म कालोपट्टी बाँधेर बिरोध गर्ने त्यसबेलासम्म पनि कुनै निकास ननिस्के आन्दोलनलाई थप कडा बनाउँदै लग्ने उदयपुर बारका अध्यक्ष श्यामानन्द चौधरीले बताएका छन् । उदयपुर बारमा रहेका ६३ जना सदस्यमध्ये एक जना वकिल वैकुण्ठनाथ दाहाल भने आन्दोलनको विपक्षमा देखिएका छन् ।

टिप्पणीहरू