कट्टुभित्र सुनको थैलो, त्यो पनि २ किलो

कट्टुभित्र सुनको थैलो, त्यो पनि २ किलो

अवैध सुन ओसारपसारमा नयाँ शैली अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले त्यसरी ओसारिएको दुई केजी सुन बरामद गरेको छ ।

विदेशबाट आएका यात्रुले कट्टुमा लुकाएर सुन ओसारेको सूचनाको आधारमा प्रहरीले विमानस्थलको पार्किङ क्षेत्रबाट दुई जनाबाट दुई किलो सुन बरामद गरेको हो । उनीहरुले तरल सुनलाई कट्टुभित्र लुकाएर ल्याएको बताइन्छ ।

प्रहरीले सुनसहित दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुले उक्त सुन कट्टुभित्र हालेर ल्याएका हुन् ।

सुन कसरी सहजै बाहिर आइपुग्यो भन्ने सम्बन्धमा चौधरी र सहनीमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू