दिउँसै चन्द्रग्रहण सकियो

दिउँसै चन्द्रग्रहण सकियो

आज दिउँसो यो वर्षकै अन्तिम र लामो चन्द्रग्रहण सकिएको छ । आजको चन्द्रग्रहण ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण हो ।

आजको चन्द्रग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो भएको छ । नेपाली समयअनुसार आज दिउँसो १ बजेर ३ मिनेटमा शुरु भएको चन्द्रग्रहण भर्खर ४ बजेर ३२ मिनेटमा सकिएको हो ।

चन्द्रग्रहण नेपाल र दक्षिण एसियाबाट दिउँसोको समय भएकाले देखिएको छैन । तर पूर्वी एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिएको थियो ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिन अर्थात ५ सय ४० बर्षपछि मात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

टिप्पणीहरू