बेलायतले १० हजार नेपाली नर्स लैजाने
नेपाल सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने भएको छ । सरकारले रोजगारीको लागि १० हजार नर्स बेलायत पठाउन आवश्यक तयारी थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतसँग स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ । यता, बेलायत सरकारले नेपालबाट दक्ष स्टाफ नर्सहरुलाई बेलायतमा रोजगारी दिने इच्छा व्यक्त गरेको बताइएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान इच्छा राखेकाले सम्झौताको लागि तयारी भइरहेको बताउनुभयो ।
तोकिएको तालिम सकेका र अनुभव पूरा गरेकालाई बेलायतमा मासिक साढे २ लाखभन्दा बढी रुपैयाँ पारिश्रमिक हुन सक्ने सरकारी अधिकारीको आकलन छ ।
टिप्पणीहरू