एकनाथको गलाभरी फेरि मालैमाला
नेपाल परिवार दलको अध्यक्षमा एकनाथ ढकाल पुनः निर्वाचित भएका छन् । दलको तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनले विनोद डाँगी र गणेशकुमार श्रेष्ठलाई उपाध्यक्ष, सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापालाई महामन्त्रीमा छानेको छ ।
पाँच जना सह–महामन्त्रीमा क्रमशः मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी चुनिएका छन् । महाधिवेशनले कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगरलाई निर्वाचित गरेको छ ।
दलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको विषयलाई पनि महाधिवेशनबाट पारित गरेको छ ।
टिप्पणीहरू