अब सवारी चालक अनुमतिपत्र इलामबाट
यातायात व्यवस्था सेवा कार्यालय इलामले पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणको काम शुरु गरेको छ । फाराम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालनसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन भइरहेको छ । गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब एक सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिरहेको बताइएको छ ।
कार्यालयबाट हाललाई ‘ए’ वर्गमा पर्ने मोटरसाइकल, स्कुटर र मोपेड, ‘के’ वर्ग अन्तर्गतको स्कुटर, ‘बी’ वर्गको कार, जीप, डेलिभरी भ्यानको लागि सवारी चालक अनुमति पत्र दिइनेछ ।
चालक अनुमतिपत्रको वितरण थालिएपछि इलामका साथै पूर्वी पहाडी जिल्लाका सेवाग्राहीसमेत उत्साहित बनेका छन् । इलामसहित पाँचथर, ताप्लेजुंग र तेह्रथुमका सेवाग्राहीले समेत उक्त कार्यालयबाट सुविधा लिन सक्नेछन् ।
यसअघि सो क्षेत्रका सेवाग्राहीले झापा र मोरङमा रहेको कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिनुपर्ने बाध्यता थियो । ती कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले सेवाको लागि लामो समय कुर्नुपथ्र्यो ।
टिप्पणीहरू