यातायात कार्यालयका सम्पूर्ण सेवा स्थगित

यातायात कार्यालयका सम्पूर्ण सेवा स्थगित

इन्टरनेटमा समस्या आएपछि यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङले सेवा स्थगित गरेको छ । बालाजु क्षेत्रको सुबिसु फाइबरमा समस्या आएको बताउदै कार्यालयले सम्पूर्ण सेवा स्थगित गरेको बताएको छ ।

नयाँ दर्ता, वर्कसप दर्ता र नवीकरण र ट्रायलको राजश्व बुझ्ने कार्य हिजो आज र भोलिको लागि बन्द भएको छ । हिजो टोकन लिएका सेवाग्राहीहरुले सोही टोकनको आधारमा आगामी बिहीबारका दिन सेवा लिन पाउने पनि कार्यालयले जनाएको छ ।

टिप्पणीहरू