रातभर पृथ्वी राजमार्गमा एमाले कार्यकर्ता

रातभर पृथ्वी राजमार्गमा एमाले कार्यकर्ता

एमाले महाधिवेशनमा सहभागी हुन गए राति चितवन जानेको सवारी साधनका कारण राजमार्ग निकै व्यस्त रह्यो । काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट रातभर त्यता जानेको संख्या निकै रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म थानकोट नाका भएर साना ठूला गरेर झण्डै ९ सय वटा सवारीसाधन त्यता गएका छन् । ती सबैले प्रतिनिधि,पर्यवेक्षक र समर्थक बोकेको बताइन्छ ।

प्राप्त विवरणअनुसार महाधिवेशनको तुल झुण्डाएर चार सय वटा बस, एक सय २६ वटा माइक्रोबस र कार तथा जीप चार सय १३ वटा त्यता गएका हुन् । ती सबैमा गरेर १७ हजार १ सय २६ जना एमालेजन काठमाडौं र वरपरका जिल्लाबाट चितवन पुगेका छन् ।

टिप्पणीहरू