दशौँ हजार पूर्वलडाकुलाई एमालेमा भित्र्याइने छ : केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका दशौँ हजार लडाकु एमाले प्रवेशको तयारीमा रहेको दाबी गर्नुभएको छ ।
पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले माओवादीका पूर्वलडाकुहरुको योगदानको कदर एमालेले मात्र गर्न सक्ने भन्दै छिट्टै उनीहरुलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको हो ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई धोका दिएको आरोप समेत लगाउनुभयो । ‘तपाईंहरुले हिजो योगदान गर्नुभयो । आज के का लागि रहेछ देख्नुभयो नि ?, उहाँले भन्नुभयो, ‘को मन्त्री बन्यो, को मेयर बन्यो देख्नुभएकै छ ।
टिप्पणीहरू