उदयपुरमा काँग्रेसीहरूबीच हात हालाहाल (भिडियो)

उदयपुरमा काँग्रेसीहरूबीच हात हालाहाल (भिडियो)

नेपाली काँग्रेसको उदयपुर जिल्ला कार्य समितिको उम्मेदवारी मनोनयनको समयमा देउवा (संस्थापन) र पौडेल कोइराला (संस्थापन इतरपक्ष) बीच घम्साघम्सी भएको छ ।

आज पार्टी कार्यालयमा भएको मनोनयनका क्रममा देउवा पक्षका सभापतिका प्रत्यासी तथा प्रदेश नम्बर १ का भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की समर्थकले नाराबाजी गर्दै मनोनयन दर्ता गर्न पुगेपछि घम्साघम्सी शुरु भएको हो ।

उनीहरुले हिमाल कार्की जिन्दावाद भन्दै नाराबाजी गरेपछि संस्थापन इतरपक्षका केही समर्थकले बिरोध र खिसिट्युरी गरेका थिए । भनाभनबाट हात हालाहाल हुने स्थितिमा पुगेपछि सभापतिका प्रत्यासी मन्त्री कार्कीले आफूलाई बीचमा राखेका थिए ।संस्थापन इतर पक्षबाट नेपाली काँग्रेसका वर्तमान सभापति विदुर बस्नेतले प्यानलसहित मनोनयन दर्ता गरेका छन् । वडा, गाउँ र नगर, प्रदेश र क्षेत्रको निर्वाचनको परिणामलाई आधार मानेर विश्लेषण गर्दा उदयपुरमा पुराना काँग्रेस पूरै बढारिने अवस्था देखिएको छ ।

कार्यकर्ताबीच हानाहान र तनावको अवस्था देखिए पनि निर्वाचनको कार्यक्रम भने यथावत सञ्चालन भएको बताइन्छ ।

टिप्पणीहरू