सशस्त्रमा पनि हाकिमहरु उकालो लाग्दै
सशस्त्र प्रहरी बलमा बढुवाको प्रक्रिया शुरु भएको छ । कुनै पनि सरकारी निकाय तथा संगठनको टुप्पोबाट रिक्त भएको दरबन्दीमा बढुवा गर्नुपर्नेमा यसपटक बीचबाट बढुवाको प्रक्रिया थालिएको छ । एसएसपीहरुको कामुमा बढुवा एसपीहरुमध्ये वरिष्ठताको आधारमा हुन लागेको बताइन्छ ।
अहिलेको बढुवाको थालनी एसपी दीपेन्द्र कुँवरको लागि ध्यानमा राखेर गरिएको बताइएको छ । सशस्त्रले पहिलेदेखि नै उनै कुँवरको निम्ति बढुवा प्रक्रिया ढिलो गर्दै आएको थियो । अहिले राजनीतिक परिस्थिति फेरिएपछि प्रक्रिया शुरु गरिएको स्रोतको दाबी छ ।
एसपी कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं हुन् ।
दीपेन्द्रले केही दिनअघि सशस्त्र प्रहरी बलका प्रमुखसँग आफूलाई तत्काल बढुवा नचाहिएको बताएका थिए । उनी अहिले सेनामा स्टाफ कलेज कोर्स गर्दै छन् । ‘उच्च व्यवस्थापनको तजबिजमा जहिले लिस्ट निकाले पनि हुन्छ,’ कुँवरले यसो भनेको र यता नेपाल प्रहरीमा समेत बढुवा प्रक्रिया थालिएकाले एसएसपीको बढुवा गर्न लागिएको हो ।
एसपी कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं हुन् । अहिले राजनीतिक माहौलअनुसारको कार्य गरेको देखाउन पनि झटपट बढुवाको निम्ति उम्मेदवारको सूची प्रकाशित गरिएको सशस्त्रको उच्च स्रोतले बताएको छ ।
प्रशासनिक प्रक्रियाअनुसार बढुवा थाल्ने हो भने एसएसपी विदुर खड्कालाई पहिले डिआइजी बनाउनुपर्ने हो ।
त्योभन्दा माथि डिआइजीको रिक्त पदमा भने बढुवा थालिएको छैन । त्यसो गर्दा मुनितिरका न्यौपाने थरका एसपीको समेत एसएसपीमा बढुवा हुन्थ्यो । ‘उनलाई बढुवा नगर्न बीचबाट प्रक्रिया थालिएको हो,’ भन्दै स्रोत भन्छ, ‘न्यौपाने बढुवा हुँदा अर्का एक जना डिएसपीले एसपी हुने अवसर पाउँथे । त्यो अवसरसमेत बन्द गरिएको छ ।’
प्रशासनिक प्रक्रियाअनुसार बढुवा थाल्ने हो भने एसएसपी विदुर खड्कालाई पहिले डिआइजी बनाउनुपर्ने हो । तर, त्यसतर्फ सशस्त्रका हाकिमहरुले नामसमेत लिन चाहेको देखिँदैन ।
टिप्पणीहरू