महाधिवेशनमय वर्ष : एमालेले सकेको भोलिपल्ट राप्रपाको

महाधिवेशनमय वर्ष : एमालेले सकेको भोलिपल्ट राप्रपाको

यो वर्ष राष्ट्रिय राजनीति महाधिवेशनमय बनेको छ । संसदभित्रका ठूला राजनीतिक दलदेखि संसदमा नरहेका अन्य पार्टीहरु यहि वर्ष महाधिवेशनमा होमिएकाले सिंगो राजनीति महाधिवेशनमय भएको हो ।

मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशन हिजो सम्पन्न गरेको छ । मङ्सिर १० देखि हिजोसम्म चलेको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा सम्पन्न म,अहधिवेशनले अध्यक्षमा केपी ओलीलाई पुन: दोहोर्याउँदै उहाँको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । एमालेले महाधिवेशन सकेको भोलिपल्टै आज पूर्वपन्चहरुको पार्टी राप्रपाको महाधिवेशन शुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको राप्रपाको महाधिवेशन १७ गतेसम्म चल्ने छ । तीन टुक्रामा विभाजित पार्टीहरुको एकतापछि पहिलोपटक महाधिवेशन गर्न लागेको राप्रपाले पहिलो एकता महाधिवेशनको भनेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने घोषणा गरिसकेका छन् ।

संसदका दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यहि वर्ष महाधिवेशन गर्दैछन् । कांग्रेसले मंसिर २७ देखि २९ गतेसम्म भृकुटीमण्डपमा १४ औं महाधिवेशन गर्दै छ भने माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू