​भन्सारबाट भसक्कै

मंसीर २५ गते वीरगञ्ज भन्सारबाट एउटा मालवाहक ट्रक जाँच पास भएर निस्कियो । जसमा घोषित परिणामभन्दा बढी माल थियो । भन्सारले पुनः चेकजाँच ग¥यो । ७ पोका बढी फेला प¥यो र सामान ओसारपसार गर्ने कम्पनीलाई कारवाही भयो । भन्सार मूल्यांकन थपेर जरिवाना तिराउँदा १२ लाख रुपैयाँ असुल गरेको भन्सार प्रवक्ता मनीषकुमार मेहताले बताए । 

जाँचकी प्रिन्स पौडेल र अधिकृत भरतकुमार श्रेष्ठले बिनोड रोडवेजको (कपडाको पोका जाँच गरेका थिए । चेकजाँचमा संलग्न अधिकारीहरु कारवाहीको दायरामा आउनुभन्दा पनि व्यापारी र तिनका एजेन्टलाई कारवाही गरिएको छ । 

प्रवक्ताले जतिसुकै सफाइ दिए पनि भन्सार बिन्दु भएरै अनधिकृत कारोवार हुने गरेको प्रमाण हो यो । सामान ओसार्ने ट्रान्स्पोर्ट र आयात गर्ने काठमाडौंको एमएम ट्रेडर्स एण्ड सप्लायर्स तथा एजेन्ट कारवाहीको दायरामा आउने तर जाँचकी र जाँचपास गर्ने अधिकृतले उन्मुक्ति पाउने कुरा शंकास्पद छ । एक जना एजेन्ट श्यामबाबु पटेलले अनियमितता गर्न भन्सार कर्मचारीले नै बाटो देखाउने गरेको बताइन्छ । वीरगन्ज भन्सारलाई भन्सारको संसार भनेर जिस्क्याउने गरिन्छ ।

टिप्पणीहरू