प्रचण्डले आज पेरिस डाँडामा यस्तोसम्म भन्नुभयो…..
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभएको छ । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको उल्लेख गर्नुभएको छ ।
पार्टी मुख्यालयमा आज विभिन्न पार्टीका कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको समेत बताउनु भएको छ ।
त्यस अवसरमा उहाँले मधेशी जनताको, दलित, जनजातीहरुको हकहितको कुरामा आफूले संविधान संसोधनको प्रस्ताव राख्दा एमालेभित्र केपी गुटले नमान्दा संसोधन हुन नसकेको कुरो पनि उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले नेकपा एमाले जनजातिको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचान विरोधी रहेको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागेका थिए । माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्नेछन् ।’
अध्यक्ष दाहालले देशभर अहिले झन्डै ८ लाख सदस्यले नेकपा माओवादी केन्द्रमा सदस्यता नवीकरण गरिसकेको भन्दै केही समय मिलेमा उक्त संख्या १० लाख पुग्ने दाबी गर्नुभयो ।
टिप्पणीहरू