प्रकाशमान सिंह चाक्सीबारीबाट पुतलीसडकमा सरे
नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार घोषणा गरेका प्रकाशमान सिंहले आजदेखि सम्पर्क कार्यालय खोलेका छन् ।
महाधिवेशनको संघारमै आइपुगेपछि सिंहले सिंहदरबारको पश्चिमतर्फको मूलगेट अगाडि सम्पर्क कार्यालय खोलेका हुन् ।
उनले त्यहाँको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् । आज बिहानबाट उनले नेता तथा कार्यकर्तासँग त्यहिँ भेटघाट सुरु गरेका छन् ।
टिप्पणीहरू