काँग्रेसमा आउने भएभरका प्रतिनिधिको टुंगो लाग्यो (नामावलीसहित)
नेपाली काँग्रेसको पर्सिदेखि शुरु हुने १४औं महाधिवेशनअन्तर्गत आज चार हजार बढी प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार देशभरबाट चार हजार ३ सय १९ जना प्रतिनिधि चयन भएका हुन् ।
काँग्रेसको केही जिल्लामा अझै अधिवेशन हुन सकेको छैन । २ नम्बर प्रदेशको अधिवेशन स्थगित भएको छ । सोही प्रदेशअन्तर्गतको सर्लाही जिल्लाका प्रतिनिधिको नाम भने आज प्रकाशित सूचीमा समावेश छैन ।
काँग्रेसले पर्सि दिउँसो काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्दैछ । शनिबार र आइतबार हुने बन्दसत्र र निर्वाचनको लागि भृकुटीमण्डप,सभागृह र नेपाल पुलिस क्लबको हल बन्दोबस्त गरेको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/nepali-congress-mahadhibeshan-list.pdf” title=”nepali congress mahadhibeshan list”]
टिप्पणीहरू