सिटामोलको अभाव झेलेको कर्णाली डाक्टर उत्पादन गर्दै
सामान्य ज्वरो आँउदा सिटामोलसमेत नपाएर छट्पटाउने विकट कर्णाली चिकित्सा अध्ययनमा भने उत्कृष्ट बन्दै गएको छ । दक्ष चिकित्सक उत्पादन गरेर केही वर्षभित्रै अन्य जिल्लामा डाक्टर पठाउने हैसियत बनाउने बाटोमा कर्णाली अघि बढेको छ ।
कर्णालीका सर्वसाधारणलाई सामान्य ज्वरोको उपचारका लागि कुनै समय नेपालगञ्ज र सुर्खेत धाउनुपर्ने बाध्यता थियो । तर, हाल कर्णालीमा दक्ष विशेषज्ञसहित सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा दिन थालेको हो । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह एमबिबीएसको पढाइ सुरु गरेको छ । यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह एमबिबीएस पढाइ सुरु गरिएको प्रतिष्ठान बताएको छ ।
त्यस्तै, यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने बताइएको छ । करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँच तले हुनेछ ।
टिप्पणीहरू