६ जिल्लामा कोरोना संक्रमित शून्य

६ जिल्लामा कोरोना संक्रमित शून्य

नेपालका छ वटा जिल्लामा कोभिडको सक्रिय संक्रमित शून्यमा झरेको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङअनुसार सुनसरी, भक्तपुर,कास्की,नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुईभन्दा बढी पाँच सयसम्म छ । पाँच सयसम्म सक्रिय संक्रमित भएका जिल्लालाई मन्त्रालयले पहेँलो जोनमा राखिदिएको छ । त्यस्तै, काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः पाँच सय ९३ र पाँच सय ५३ छन् ।

सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ ।

नेपालमा अहिले संक्रमणदर १७ दशमलव ६ प्रतिशत र सक्रिय संक्रमित छ हजार तीन ५२ छन् । त्यस्तै, नेपालमा हालसम्म एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले पहिलो मात्राको खोप लगाएका छन् । तीमध्ये ८७ लाख ८० हजार चार सय ३३ ले पुर्ण मात्राको खोप पाएका छन् ।

टिप्पणीहरू