वीरगञ्जका व्यापारीहरु धमाधम कारबाहीमा

वीरगञ्जका व्यापारीहरु धमाधम कारबाहीमा

वीरगञ्जका सात वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । खरिद गरेको बिल तथा बिजक नदेखाउने वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको हो ।

उपमहानगरभित्रका सात वटा पसलले बिल देखाउन नसकेपछि उनीहरुलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवाना गराइएको हो ।

साथै, ती स्टोरलाई कार्यालयले सचेत समेत गराएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्म प्रत्येकलाई १० जरिवाना गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू