यी हुन् बागमतीबाट काठमाडौँ आउने ८७८ काँग्रेस प्रतिनिधि
पर्सिदेखि काठमाडौँ शुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा बाग्मती प्रदेशबाट ८७८ जनाले प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । उपत्यकाका तीनसहित प्रदेशका १३ जिल्लाबाट उक्त संख्यामा प्रतिनिधिले भाग लिने भएका हुन् ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका दोलखा, रामेछाप र रसुवाबाट २७-२७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीबाट ५२, काभ्रे र नुवाकोटबाट ५३-५३ जना प्रतिनिधि महाधिवेशनका लागि काठमाडौँ आउनेछन् ।
त्यस्तै, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ तथा धादिङ र भक्तपुरबाट ५४-५४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनबाट ७९ र ललितपुरबाट ८२ जना महाधिवेशनमा भाग लिन काठमाडौँ आउने छन् । काठमाडौँका १० निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि छानिएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार देशभरबाट चार हजार ३ सय १९ जना प्रतिनिधि चयन भएका छन् । केही जिल्लामा प्रतिनिधि छनोट हुन् बाँकी रहेकाले उक्त संख्या बढ्ने बताइएको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/Bagmati-pradesh-final.pdf” title=”Bagmati pradesh final”]
टिप्पणीहरू