आरएनसीले खोल्यो सोभेनियर सेल्स काउन्टर
नेपाल वायुसेवा निगमले नेपाली मौलिक उपहार उत्पादन यात्रुलाई बिक्री गर्न निगमको टिकट बिक्रीकक्ष नजिकै सोभेनियर सेल्स काउण्टरको स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउन्टरको उद्घाटन गर्नुभएको हो ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्न सेल्स काउन्टरको स्थापना गरिएको निगमले जनाएको छ । यसले विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन मद्दत पुग्ने निगमको विश्वास छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले हाल केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएको सेल्स काउन्टर अन्य स्थानमा समेत बिस्तार गरिने जानकारी दिएकी छन् । उनका अनुसार निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः काउन्टर खोलिने छ ।
सेल्स काउण्टरमा नेपाली कच्चापदार्थ बाँस र घाँसबाट बनेका ढक्की, वालेट, पर्सका साथै कप, टिम्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो र विमानका नमूनालगायत सामानहरु बिक्रीका लागि राखिएको छ ।

टिप्पणीहरू