दिल्लीमा घर बाहिरभन्दा भित्र ‘डेञ्जर’

दिल्लीमा घर बाहिरभन्दा भित्र ‘डेञ्जर’

भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अध्ययनले देखाएको छ । वायुको धुलोमा हुने कण पीएम २ दशमलब ५ सडकमाभन्दा घरभित्र बढी देखिएको हो ।

यस्तो हुँदै गर्दा अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको र ‘राजधानी नयाँ दिल्ली बारम्बार विश्वकै सबैभन्दा प्रदूषित सहर’ सावित भएको पनि जनाइएको छ ।

युनिभर्सिटी अफ सिकागोको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरिब सबै परिवार प्रभावित भएको उल्लेख छ ।

तर, गरिबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वमा ४० लाखबढी मानिसको ज्यान जाने गरेको छ ।

टिप्पणीहरू