खोटाङमा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान

खोटाङमा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान

खोटाङका चार किशोरीले महिला सशक्तीकरणको निम्ति ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् । जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवम् महिला हिंसा न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ उनीहरुले उक्त अभियान थालेका हुन् ।

अभियान सुरु गर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाकी २१ वर्षीया ‘सुनाखरी’ निर्मला आचार्य, २० वर्षीया यशोदा रिजाल, सोही नगरपालिका–१ दिक्तेलकी १९ वर्षीया सुलोचना आचार्य र एसेलुखर्क गाउँपालिकाकी २१ वर्षीया रोजिना दमाई हुन् ।

महिलामाथि हुने सामाजिक विभेद एवम् हिंसा न्यूनीकरणका लागि उनीहरुले ‘म छोरी हो, तर कमजोरी होइन’ नामको समूह बनाएर १९ मंसिरदेखि कालिका माध्यमिक विद्यालय नेर्पाबाट अभियान थालेका हुन् ।

हप्ता दिन वा १५ दिनको अन्तरालमा विभिन्न विद्यालय वा गाउँमा भेला गरेर महिला सशक्तीकरणका सवालमा निरन्तर अभियान सञ्चालन गरिने समूहकी ‘सुनाखरी’ निर्मला आचार्यले बताइन् ।

टिप्पणीहरू