एउटै मण्डपमा, एकैचोटी ४४ जनाको बिबाह

एउटै मण्डपमा, एकैचोटी ४४ जनाको बिबाह

विवाहपञ्चमीको अवसर पारेर जानकी मन्दिरमा हिजो साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।

विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिर परिसरमा आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको एकै पटक विवाह गराइएको हो ।

मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका २२ जोडीको विवाह गराइएको परिषद्ले जनाएको छ ।

विगत चार वर्षदेखि परिषद्ले जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रूपमा रहेको प्रचार–प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको दाबी छ ।

 

टिप्पणीहरू