मानवअधिकार चोक नामाकरण
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर आज मानवअधिकार चोकको स्थापना गरिएको छ । खोटाङको दिक्तेल बजारस्थित जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको हो ।
७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उक्त चोकलाई मानवअधिकार चोक घोषणा गर्नुभएको हो ।
राष्ट्रिय मानवअधिकार प्रदेश १, शाखा कार्यालय दिक्तेलको पहल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णयअनुसार जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानवअधिकार चोक घोषणा गरिएको थियो ।
टिप्पणीहरू