पौडेल पक्षको अन्तिम कसरत बत्तिसपुतलीमा चल्दै

पौडेल पक्षको अन्तिम कसरत बत्तिसपुतलीमा चल्दै

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न पार्टीभित्रको इतर समूहबाट सर्वसम्मत नेतृत्व छान्ने अन्तिम प्रयास भएको छ ।

अहिले साँझ सवा ७ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत विपक्षी समूह बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जम्मा भएको छ । प्रकाशमान सिंह,शेखर कोइराला र पौडेलबीच सहमति हुन नसक्दा उनीहरुले अन्तिम प्रयास भन्दै अहिले बत्तिसपुतलीमा भेटघाट र छलफलको मेसो मिलाएका हुन् ।

बत्तिसपुतलीमा पौडेलसँगै रक्षामन्त्री मीनेन्द्र रिजाल र नेताहरु डा. रामशरण महत,चन्द्र भण्डारी, दिपक गिरी,दिलेन्द्र बडु,रामकृष्ण यादव, अर्जुननरसिंह केसी,बलबहादुर केसी, धनराज गुरुङ,सशांक कोइराला, शेखर काेइराला, प्रकाशमान सिंहलगायत झण्डै ६० जनाको उपस्थिति रहेको छ ।

तेस्रो धारको रुपमा उभिएको नेता कृष्णप्रसाद सिटौला पक्षले अहिलेसम्म मुख खोलेको छैन । जिल्ला र प्रदेश अधिवेशनमा उक्त पक्षले देउवा समूहलाई सघाएको थियो ।

टिप्पणीहरू