भारतमा बिपिन रावतको ठाउँ लिए सेनापति नरवाणेले

भारतमा बिपिन रावतको ठाउँ लिए सेनापति नरवाणेले

भारत सरकारले रिक्त चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) पदमा स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई निमित्तको जिम्मेवारी दिएको छ । सिडिएस विपिन रावतको अघिल्लो साता हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त पद खालि भएको हो ।

वरिष्ठताको आधारमा नरवाणेले तीन वटै सेना प्रमुखको रुपमा चिफ अफ स्टाफको जिम्मेवारी समेत प्राप्त गरेका छन् ।

यसअघिको नजिरको आधारमा नरवाणेलाई आगामी सिडिएसको रुपमा हेर्न थालिएको प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू