चिनियाँ मोबाइल एप्लिकेसन्स भारतमा अझै प्रतिवन्धित
भारतमा प्रतिबन्ध लगाइएका चिनियाँ एप्लिकेसनहरुलाई सञ्चालनमा नल्याइने भएको छ । चिनियाँ एप्लिकेसन्स पुनः सञ्चालनमा ल्याउन लागिएको समाचार सार्वजनिक भएपछि सरकारले स्पष्ट पारेको हो ।
सरकारका एक जना मन्त्रीले यसअघि प्रतिबन्ध लगाइएका चिनियाँ एप्लिकेसन्स मुलुकमा पुनः सञ्चालनमा ल्याउने कुनै प्रस्ताव नभएको जानकारी दिएका छन् ।
सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले लोकसभालाई लिखित जवाफ दिँदै टिकटक र पब्जीजस्ता चिनियाँ मोबाइल एपमा सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिने कुनै योजना नभएको बताएका हुन् ।
टिप्पणीहरू