देउवा भेट्न प्रचण्ड बालुवाटारमा
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बिहानै बालुवाटार पुग्नु भएको हो । उहाँले हालै सभापतिमा निर्वाचित हुनुभएका देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको बताइएको छ । त्यस्तै, संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू