पदक पाउनेको इज्जतसँगै सुविधा पनि बढ्यो

भारतमा सैन्य कर्मचारीहरूको नगद पुरस्कार ह्वात्तै बढाइएको छ । सरकारले वीरता र गैर–वीरता पुरस्कार प्राप्त गर्ने सैन्य कर्मचारीहरूलाई दिइने नगद पुरस्कार बढाउन आदेश जारी गरेको मुख्यमन्त्री बसवराज बोमाइले घोषणा गरेका छन् ।

राज्य सरकारले हालै गरेको निर्णय सुनाउँदै उनले परमवीरचक्र पुरस्कार विजेताहरूलाई हालको २५ लाख रुपैयाँबाट बढाएर डेढ करोड रुपैयाँ पुर्याइएको छ । त्यसैगरी महावीरचक्रका लागि १२ लाख रुपैयाँदेखि १ करोड रुपैयाँ, अशोकचक्र २५ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँ,कीर्तिचक्र १२ लाख रुपैयाँदेखि १ करोड रुपैयाँ पुर्याइएको छ ।

८ लाखदेखि ५० लाख रुपैयाँसम्म, शौर्यचक्र ८ लाखदेखि ५० लाख, सेना/नौका/वायु सेना पदक २ लाखदेखि १५ लाख र प्रेषणमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म पुर्याइएको छ । झण्डै पाँच गुणाले पुरस्कार रकम बढाइएपछि लामो समयदेखिको माग पूरा भएको मुख्यमन्त्रीको दाबी छ ।

टिप्पणीहरू