मानिसको अन्तिम संस्कारपछि नुहाउने किन ?

मानिसको मृत्युपछि अन्तिम संस्कार गरिन्छ । मृत्यु विभिन्न कारणले हुन्छ । तर,विश्वका अधिकांश समाजमा मृतकको अन्तिम संस्कारपछि मलामीहरुले नुहाउने चलन छ । यस्तो प्रचलन किन भयो होला ?

वैज्ञानिक तथ्यानुसार कुनैपनि जीवको जीवन सकिएपछि त्यो कुहिन थाल्छ । मानिसको पनि मृत्युपछि शरीर कुहिने प्रक्रिया शुरु हुन्छ । त्यस्तो अवस्थामा अन्तिम संस्कार गर्ने बेलासम्म विभिन्न जीवाणुको विकास भइसकेको हुन्छ ।

परापूर्वकालमा खोपको चलन थिएन । औषधिमूलोको पनि राम्रो प्रबन्ध थिएन । त्यस्तो अवस्थामा कुनै व्यक्तिको निधन भएमा उसमा भएका कुनै पनि रोगका किटाणु वा जीवाणु अन्तिम संस्कारमा सरिक भएका मानिसमा सर्न सक्ने सम्भावना प्रबल हुन्थ्यो ।

त्यहि सम्भवानालाई रोक्न सदियौं वर्षदेखि अन्तिम संस्कारमा सहभागी भएर आएपछि नुहाउने,सफा कपडा फेर्ने चलन चलेको हो । जुन अहिले पनि कायम छ । यो हिन्दू र बौध्द धर्मावलम्वीहरुमा सबैभन्दा बढी पाइन्छ ।

टिप्पणीहरू