सेनाभित्र क्वार्टरका कथा
कसैलाई माथैमाथ– कसैलाई पुर्पुरोमा हात,नेपाली सेनाभित्रै छ यस्तो हालत । सेनाका लागि क्वार्टर सुविधाको व्यवस्था छ तर हाकिमका आफन्त, निकटहरूले वर्षांैदेखि कब्जा जमाइदिँदा हामीजस्ता तल्ला तहका मर्कामा परेका छौं ।
क्वार्टरमा कोहीले वर्षांैदेखि छाड्नै नपर्ने, तल्ला दर्जाका सयौं सिपाहीको पालोचाहिँ कहिल्यै नआउने ? हाकिम साबको ज्यादती टुलुटुलु हेरेर मात्र बसिरहनुपर्ने ? यस्तो विकृति छ बाँसबारीमा । त्यहाँ २० वटा क्वार्टर छन् ।
नियमअनुसार एक जनाले बढीमा दुई वर्ष बस्न पाउने हो तर हाकिमका आफन्त, नजिकका भएपछि यस्ता नियम कानुनको धज्जी उडाइँदो रहेछ । त्यहाँका इञ्चार्ज हुन् डाबर लाल स्याङ्बो । देवी गुरुङ, बिर्खे गुरुङहरूले क्वार्टर नछोडेको ४ वर्ष भयो । कोही ६ वर्षदेखि बसिरहेका छन् ।
कोही वर्ष दिन नपुगी निकालिन्छन्, कसैलाई ६ सात वर्षसम्म कोठा छाड्नुपर्दैन । यसरी पालो नपाउने सयौं छन् । इञ्चार्ज डाबरलालले कुनै कोठा खाली हुनेबित्तिकै आफ्नो मान्छे ल्याएर भर्नुहुन्छ ।
-पीडित सिपाही
टिप्पणीहरू