नेकपा एसका पूर्णकालीन सदस्यलाई मासिक खर्च

नेकपा एसका पूर्णकालीन सदस्यलाई मासिक खर्च

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौंभित्रका पूर्णकालीन सदस्यलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागिएको हो ।

‘जिल्ला कमिटीका सदस्यहरूमध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा,खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरिनेछ । क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य चयन गरिनेछ,’ कार्कीले जानकारी दिनुभयो ।

सदस्यता वितरण, संगठन निर्माण र परिचालन सम्बन्धमा उल्लेख गर्दै गत शुक्रबार टोली निर्माण र आगामी बिहीबार उक्त अभियान परिचालन गर्ने कार्यक्रम राखिएको छ । काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालीन सदस्यको निम्ति मासिक दुई लाख खर्च गर्ने प्रस्ताव छ ।

टिप्पणीहरू