ओमिक्रोनले लियो पहिलो ज्यान
पछिल्लो समय तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण एक जनाको ज्यान गएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमित एक जनाको ज्यान गएको हो ।
अमेरिकाको स्वास्थ्य विभागका अनुसार मृतकले भ्याक्सिनको एउटा पनि डोज नलगाएको थाहा भएको छ ।
कोरोनाको नयाँ भेरिएन्ट विश्वमा तीब्र गतिमा फैलिरहेको बेला ओमिक्रोनबाट भएको पहिलो मृत्युले अमेरिकालगायत ओमिक्रोनको संक्रमण उच्च रहेका राष्ट्रमा त्रास बढेको छ ।
कोभिडको नयाँ भेरिएन्टबाट हिजो अमेरिकामा भएको निधन विश्वकै पहिलो भएको छ ।
टिप्पणीहरू