माओवादीको उद्घाटनसत्र पनि हलभित्रै

माओवादीको उद्घाटनसत्र पनि हलभित्रै

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन खुल्ला चौरमा नहुने भएको छ । उद्घाटन पनि सम्मेलनस्थलको हलभित्रै सम्पन्न हुने भएको हो ।

आउँदो आइतबारदेखि सुरु हुने पार्टीको पहिलो राष्ट्रिय सम्मेलन सामान्य तरिकाले हलभित्रै गर्न लागिएको बताइएको छ ।

आज जनआस्थासँग कुराकानी गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलन राष्ट्रिय सभागृहको हलबाट थालेर त्यहिँ सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार ‘पार्टीको उद्घाटन र बन्दसत्र त्यहिँ हुन्छ । उद्घाटनसत्र पनि बन्द सत्र जस्तै हुनेछ ।’

यसो त माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा तडकभडक नगर्ने यसअघि नै बताइसकेको छ । जसअन्तर्गत अन्य पार्टी तथा विदेशी अतिथि नबोलाउने जानकारी दिइएको छ । प्रतिनिधिहरुलाई समेत पार्टीले खाजा मात्रै उपलब्ध गराउने भनेको छ ।

टिप्पणीहरू