शैक्षिक सुधार कार्यक्रममा प्रस्ताव बुझाउने म्याद थपियो

शैक्षिक सुधार कार्यक्रममा प्रस्ताव बुझाउने म्याद थपियो

सम्पूर्ण सामुदायिक विद्यालयलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्ताव बुझाउने म्याद थप गरिएको छ । चालु आर्थिक वर्षमा थालिएको शैक्षिक सुधार कार्यक्रममा भागौलिक कठिनाइ भएका क्षेत्रलाई सहभागी गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म्याद थप गरिदिएको हो ।

उसले आज सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र सामुदायिक विद्यालयहरुलाई म्याद थप गरिएको बारे जानकारी गराएको छ । केन्द्रका अनुसार सहभागी हुन इच्छुक सामुदायिक विद्यालयहरुले आगामी पुस १६ गतेसम्म सम्बन्धित स्थानीय तहमा प्रस्ताव पेस गर्न सक्नेछन् ।

यसरी प्राप्त प्रस्तावलाई स्थानीय तहले पूर्वसूचनामा प्रकाशित विवरणअनुसार निश्चित ढाँचामा प्राथमिकीकरण गरी शिक्षा विकास तथा समन्वय इकाइमा पुस २१ गतेभित्र पठाइसक्नु पर्नेछ । त्यस्तै, पुस २६ गतेभित्र इकाइले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा बुझाइसक्न केन्द्रले अनुरोध गरेको छ ।

टिप्पणीहरू