प्रहरीद्वारा आफ्नै गुनासो सुन्ने निर्णय

प्रहरीद्वारा आफ्नै गुनासो सुन्ने निर्णय

प्रहरी प्रधान कार्यालयले प्रहरीका पीरमर्का, उजुरी तथा गुनासो सुन्न जी–२४/७ कक्षको स्थापना गरेको छ । नेपाल प्रहरीभित्र हुन सक्ने भेदभाव, दुव्र्यवहार न्यूनीकरण गर्न तथा प्रहरी ऐन/नियमबमोजिम पाउने सेवा सुविधा सम्बन्धमा प्राप्त भएका गुनासामाथि सत्यतथ्य बुझेर समस्या समाधान गर्न देशभरका प्रहरी कार्यालयमा जी–२४/७ कक्षको स्थापना गरिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, प्रहरी निरीक्षणालयका अनुसार त्यस्तो कक्ष हालै स्थापना गरिएको बताएको थियो । प्रहरीका अनुसार चौबिस घण्टा, सातै दिन उक्त कक्षबाट सेवा दिइन्छ । कक्षको टोल फ्रि नम्बर १११३ समेत सञ्चालनमा ल्याइएको छ ।

प्रहरी कर्मचारीले उक्त नम्बरमा सम्पर्क गरेर आफूलाई परेका पीरमर्का तथा गुनासाहरु राख्न सक्छन् । प्रहरी मुख्यालयले मातहतका कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरुलाई रोलकल, मिटिङ तथा ब्रिफिङ मार्फत जानकारी गराउनु ।’

प्रहरीले पुलिस एप्सको प्रयोग गरेर समेत ई–कम्प्लेन गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू