पाकिस्तानमा पद्मसम्भवको चर्चा

पाकिस्तानमा पद्मसम्भवको चर्चा

पकिस्तानको लाहोर सेन्टर अफ साउथ एशियन स्टडीज (एलसीएसएएस) ले पाकिस्तान र नेपालबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध विषयवस्तुमा हालै वेबिनार आयोजना गरेको छ ।

उक्त संस्थाले दुई देशबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउन दुबै देशले उपयोग गर्न सक्ने सम्भावित क्षेत्रहरूबारे छलफल गर्न वेबिनार आयोजना गरेको जानकारी दिएको छ ।

वेबिनारमा बोल्दै नेपाली प्राध्यापक ओमचरण अमात्य र सेवानिवृत्त ब्रिगेडियर जनरल सुरेश शर्मा तथा पाकिस्तानी डाक्टर आतिफ खालिद बट र डाक्टर गजाला तबस्सुमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्परिक विश्वास, सार्वभौमसत्ताको सम्मान र गैरहस्तक्षेपमा आधारित रहेको बताउनुभएको हो ।

डाक्टर आतिफ खालिद बटले पाकिस्तान र नेपाल भौतिक रूपमा अलग भए पनि भू–सांस्कृतिक रूपमा जोडिएका कारण दुबै देश इण्डो–आर्यन भाषाहरूको एउटै भाषिक परिवारसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

डाक्टर गजला तबस्सुमले पाकिस्तानी र नेपाली महिलाबीच समानता प्रदान गर्ने इतिहास र संस्कृतिको क्रसलाइनबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ओमचरण अमात्यले दुई देशबीचको बौद्ध सम्पदाको सम्बन्धलाई प्रकाश पार्दै पद्मसम्भवको काठमाडौं वरपरको बसोबासबारे प्रकाश पार्नुभएको बताइन्छ ।

टिप्पणीहरू