सबै घर सँधै खुल्ला हुने अनौठो गाउँ
भारतमा यस्तो एक गाउँ छ,जहाँका बासिन्दा कहिल्यै ढोका लगाउँदैनन् । घरको ढोका सँधै खुल्ला हुन्छ । उनीहरुले त्यस्तो खापा नभएको ढोका प्रयोग गरेको शताब्दियौं भइसकेको छ ।
महाराष्ट्र,अहमदनगर जिल्लाको शनि सिँगनापुर गाउँका मानिस पुस्तौंदेखि ढोका बन्द नहुने घरमा बस्दै आएका हुन् । त्यहाँका घरमा कुनै ढोका लगाउने चलन नभए पनि कसैले चोर्दैन ।
“कसैले मति बिगारेर चोरी गरेमा सम्बन्धित व्यक्तिलाई सात वर्षको अशुभ अर्थात् दशा ‘साढे–सती’ हुने विश्वास छ ।”
कसैले मति बिगारेर चोरी गरेमा सम्बन्धित व्यक्तिलाई सात वर्षको अशुभ अर्थात् दशा ‘साढे–सती’ हुने विश्वास छ । उनीहरु शनि भगवानमाथि विश्वास गर्छन् । त्यसैले घण्टौं वा केही दिनको लागि समेत आफ्नो घर बन्द गर्न आवश्यक ठान्दैनन् ।
यतिसम्म देखिन्छ कि त्यहाँका हुलाक कार्यालय र प्रहरी चौकीमा समेत ढोका बन्द गर्ने चलन छैन । ढोका बन्दको लागि खापा नै हुँदैन ।
टिप्पणीहरू