पाँचथरमा किसान महासंघको जिल्ला समिति गठन

पाँचथरमा किसान महासंघको जिल्ला समिति गठन

अखिल नेपाल किसान महासंघ पाँचथरको अध्यक्षमा इन्द्रनारायण ढकाल चुनिएका छन् । शनिबार सदरमुकाम फिदिममा भएको किसानहरुको भेलाले ढकालको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल किसान महासंघ पाँचथर जिल्ला समिति गठन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष बलराम बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त पार्टीका पोलिटब्युरो सदस्य तथा माननीय गणेशकुमार काम्बाङ र केन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव प्रमेश पोखरेलको उपस्थिति थियो ।

त्यसैगरी पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश नम्बर १ का सदस्य कमल जबेगु, किसान महासंघका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद योङ्हाङसहित जिल्ला कमिटीका सदस्य, विभिन्न पेशागत संघ संगठनका पदाधिकारीहरुको सहभागितामा भेला सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरुले कृषि र कृषकका समस्या तथा त्यसको समाधानमा महासंघले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना धारणा रााख्दै नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

टिप्पणीहरू