‘बा’ पार्टीका विद्यार्थी नेताहरू सुखानी पार्कमा ‘सालको पात’ सँगै छम्छमी
कम्युनिष्टहरूको उर्वरभूमि झापाको सुखानी काण्डमा सहादत प्राप्त सहीदहरूको सम्झनामा बनाइएको पार्कमा नेकपा एमालेका विद्यार्थी नेताहरू हिजो भोज खाएर दिनैभर नाचे । उनीहरू सहीदपार्कमा लोकगीतसँगै रमाएका हुन् । तर, तिनैको सम्झनामा बनाइएको उक्त पार्कमा पुगेर पनि सहीदहरूको पटक्कै स्मरण गरेको भने देखिएन ।
एमालेको भातृ संगठनले ‘बा’ अर्थात अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्लामा तामझामसहित लाखौँ खर्चेर केन्द्रीय कमिटी बैठक गरेको हो ।
केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका अखिलका नेता–नेत्रीहरू ‘बा’ बोलिसकेपछि सहीदपार्क पुगेका थिए । त्यहि क्रममा दिनभर नाचगान गरेर हिजो साँझ काठमाडौंतर्फ लागेका छन् ।
टिप्पणीहरू