राउतले तराई-मधेसमा चुनाव हुन् नदिने

राउतले तराई-मधेसमा चुनाव हुन् नदिने

सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचन बिथोल्ने चेतावनी दिएको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता अक्षरश: कार्यान्वयन नभए तराई-मधेसमा निर्वाचन हुन् नदिने सो पार्टीको चेतावनी छ।

जनमतले २४ घण्टाभित्र हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न पनि भनेको छ । सो पार्टीका अध्यक्ष डा. सिके राउतले २४ घन्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार नगरे सिरहा बजारको बीच चोकमा जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

आज फेसवूकमा लेख्दै उनले सिराहाका प्रहरी प्रमुख उपरीक्षक हिराबहादुर पाण्डेलाई यस्तो चेतावनी दिएका हुन् ।

टिप्पणीहरू