संविधान संशोधनको निहुँमा सांसदहरुबीच हानाहान, उपसभामुख ढले
जोर्डनको संसद भवनभित्र संविधान संशोधनको विषय उठेपछि मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ । लैंगिक समानतासँग सम्बन्धित ऐनमा संशोधनबारे बहस चल्दै गर्दा सांसदहरू एकआपसमा भिड्न थालेपछि संसदको मंगलबारको सत्र नै स्थगित गरिएको अधिकारीहरूले बताएका छन् ।
विवाद र चर्काचर्कीपछि सत्तापक्ष र विपक्षी सांसदहरूबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उप–सभामुखलाई सदन छाड्न भनेपछि विवाद चर्किएको बताइएको छ ।
सांसदहरूले एकअर्कालाई समात्दै मुक्का हानाहान गरेको प्रत्यक्ष प्रसारित एक फुटेजमा देख्न सकिन्छ । उनीहरू कुटाकुट गर्दा हलभित्रैका सहकर्मीहरू रोक्न तम्सिएका थिए तर सकेनन् ।
संसदभित्रै कुटाकुट र मुक्का हानाहान गरिरहेका बेला पृष्ठभूमिमा अन्य सांसदहरू चिच्याएको समेत सुनिन्छन । लगतै, उपसभामुख भुईंमा ढलेका थिए ।
टिप्पणीहरू