घान्दु्रकदेखि हिमालसम्म, काँडेभ्याकुरदेखि दीगो विकाससम्म

घान्दु्रकदेखि हिमालसम्म, काँडेभ्याकुरदेखि दीगो विकाससम्म

नेपाल सरकारले प्राकृतिक, जैविक, सामाजिक, भौगोलिक र सांस्कृतिक सम्पदाहरुसँग सम्बन्धित १९ प्रकृतिका, ३१ प्रकारका विभिन्न तस्बिरहरु अंकित हुलाक टिकटमा टाँचा प्रदान गरी प्रचलनमा ल्याएको छ ।

प्रचलनमा ल्याइएका टिकटहरुमा दुर्लभ चरा काँडेभ्याकुर, रमणीय गाउँँ कास्कीको घान्दु्रक, दीगो विकासका सत्र लक्ष्यहरु, आठ हजार मिटरभन्दा अग्ला नेपालका आठ वटा हिमाल र चार आधार शिविर चित्रअंकित तस्बिरहरु छन् ।

ती हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव बैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले प्रकाशनको पहिलो टाँचा लगाउनु भएको हो ।

आज अपरान्ह मन्त्रालयमा आयोजित कार्यक्रमबीच ती हुलाक टिकट सार्वजनिक भएका हुन् ।

टिप्पणीहरू