चुनावको नाममा चन्दा आतंक शुरु, बैंक खाता सार्वजनिक

चुनावको नाममा चन्दा आतंक शुरु, बैंक खाता सार्वजनिक

मधेसलाई छुट्टै राज्य बनाउने अभियान छाडेर डेढ वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसमा चन्दा आतंक मच्चाएको छ । पार्टीको आन्दोलन र आगामी निर्वाचनका लागि भन्दै पार्टीले चन्दा उठाउन थालेको हो ।

आगामी निर्वाचनमा विजय हासिल गरि जनता राज्य स्थापना गर्न र घर घरमा रोजगारी दिने तयारी भइरहेको भन्दै राउत नेतृत्वको पार्टीले रकम संकलन थालेको हो । त्यसका लागि ‘आन्दोलन तथा निर्वाचन कोष’ बनाएर बैंक खातासमेत सार्वजनिक गरेको छ ।

‘आदोलन र निर्वाचनका लागि निःसन्देह रुपमा पैसाको जरुरी हुने हुँदा सो आर्थिक व्यवस्थापनका लागि आन्दोलन तथा निर्वाचन कोष’ खडा गर्ने निर्णय भएअनुरुप कोषमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ,’ महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनमत पार्टीले केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको नाममा मेगा बैंकमा रहेको ०६४००५८१०४१२२ नम्बरको खातामा पैसा हाल्न भनिएको छ ।

टिप्पणीहरू