नेपालको भ्रष्टाचार जाँच्न विदेशी आउँदै

नेपालको भ्रष्टाचार जाँच्न विदेशी आउँदै

चीनमा भ्रष्टाचार गरे फाँसी हुन्छ । त्यही पनि त्यहाँ भ्रष्टाचार उस्तै छ । न अमेरिका, न क्यानाडा, न त संसारका त्यस्ता मुलुक छन्, जहाँ भ्रष्टाचार शून्य होस् ।

संसारभरका एक सय ५० देशका सरकारी अधिकारी भेला भई इजिप्टको राजधानी कायरोमा हालै यिनै विषयमाथि छलफल भएको छ । उक्त भ्रष्टाचार निवारणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सभामा भाग लिएर नेपाली टोली स्वदेश फर्किएको छ ।

एउटा देशमा भ्रष्टाचारको स्थिति कस्तो छ भनेर अर्को देशले अनुगमन गर्ने क्रममा यसचोटि नेपालको अनुगमन मध्यअमेरिकी राष्ट्र एल साल्भाडोर र पश्चिम एशियाली मुस्लिम मुलुक लेबनानले गर्दै छन् ।

नेपालले भने मध्य–पूर्वी र दक्षिण–पूर्वी यूरोपको चौबाटोमा अवस्थित देश रोमानिया र मध्ययुरोपी समुन्द्रको बीचमा रहेको स्लोभाकियाको स्थिति अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

नेपालको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने दुई देशका प्रतिनिधि यही जनवरी २५ देखि २७ सम्म नेपाल आउँदैछन् । नेपालबाट अध्ययन गर्न जाने टोली पनि त्यही समयको आसपासमा जाने भएका छन् ।

त्यसरी अर्को देशमा भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न जानुपूर्व सम्बन्धित देशबाट कन्ट्री रिपोर्ट आउँछ । त्यस्तो काममा प्रधानमन्त्री कार्यालयका सचिव र राष्ट्रबैंकका प्रतिनिधि सामेल हुन्छन् ।

टिप्पणीहरू